काठमाडौं ।
wedd
विवाहको रमाइलो माहोलमा त्यो समय सन्नाटा छायो जब एक बेहुलीले अगाडि हुनेवाला बेहुलाको गर्लफ्रेन्ड आइन् ।
गर्लफ्रेन्ड बेहुलाको बच्चाको आमा बन्ने थिइन् । यो कारणले विवाह समारोहमा हंगामा मच्चिएको छ । यतिमात्र नभएर बेहुली पक्षले बेहुला र उसका साथीहरुलाई बन्धक बनाए । सबैकुरा देखेपछि बेहुली तनावमा आइन् र उनले विष खाइन् । यो सनसनीपूर्ण घटना भारको उत्तर प्रदेशस्थित कन्नौज जिल्लाको हो ।
कन्नौजको एक गाउँमा बेहुलीलाई बेहुलाको अवैध सम्बन्धको बारेमा थाहा पाएलगत्तै हंगामा मच्चिएको हो । यति भइसक्दा बेहुलीपक्षले बेहुला र बेहुलापक्षका सबैलाई नियन्त्रणमा लिइसकेका थिए । यति भइसक्दा स्थानीयबासीले प्रहरीलाई फोन गरिसकेका थिए ।
प्रहरी आएर बेहुला पक्षलाई नियन्त्रणमा लिँदै गर्दा बेहुलीले विष खाइन् । बेहुलीलाई पनि स्थानीय अस्पतालमा राखिएको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ । प्रहरीले बेहुलामाथि जालसाचीको मुद्धा दर्ता गरेको छ ।