कबड्डी ३ मा जम्ने भयो दयाहाङ र उपासनाको जोडी

बुटवल ।

फिल्म कबड्डी ३ मा अभिनेता दयाहाङ राई र उपासना सिंहको जोडिलाई दर्शकले देख्न पाउने भएका छन् । नेपाली चलचित्र क्षेत्रमा निकै रुचाइएको फिल्म हो “कबड्डी” । यो बाण्डको सिरिज दर्शकले निकै रुचाए । केही समय यता निकै नै रुचाइएका अभिनेता प्रदीप खड्का कबड्डी ३ मा देखा पर्ने भन्ने खबरले पनि यसको थप चर्चा भइरहेको थियो । तर विविध कारणले गर्दा नायक प्रदीप खड्का यस फिल्ममा काम गर्न सकेनन् । अब फिल्म कबड्डी ३ ले फिल्ममा अभिनेता अभिनेत्री तय गरिसकेको छ ।

फिल्मका लागि दयाहाङ राई र क्याप्टेन फेम नायिका उपासना सिंह ठकुरी पक्का भईसकेका थिए भने अब यस फिल्ममा कर्माको पनि प्रबेश भएको छ । हाल फिल्मका कास्टलाई लिएर निर्माण टिमले कार्यशाला चलाईरहेको छ । फिल्ममा विल्सनविक्रम राई र बुद्धि तामाङको पनि अभिनय रहनेछ । पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर सुटिङ हुने यस फिल्मबाट निर्माता रौनक विक्रम कँडेल बाहिरिएपछि रामबाबु गुरुङले आफ्नै ब्यानर सिनेमा आर्टबाट फिल्म निर्माण गर्दैछन् ।कबड्डी लोकप्रिय सिक्वेल हो जसको प्रिक्वेलले राम्रो कलेक्सन पनि गरेको थियो । मुस्ताङी आञ्चलिकतामा केन्द्रित हुने फिल्म जेठदेखि फ्लोरमा जाँदैछ । फिल्मलाई रामबाबुले नै निर्देशन गर्दैछन् । ‘कबड्डी ३’ दर्शकहरुले प्रतिक्षा गरेको फिल्म हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार