काठमाडौँ ।
‘बोल माया’ टिमले बजारमा ल्याएको ‘गलबन्दी’ बोलको गीतले पछिल्लो समय तहल्का मच्चाइरहेको छ । जेठ ११ गते प्रकाश सपुत युट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतले छोटो समयमा नै दर्शक श्रोताहरूको माया सहित मन मुटुमा बस्न सफल भएको छ । सार्वजनिक भएको ६ दिनमै ४८ लाख भन्दा बढी ‘भ्युअर्स’ पाएको छ । यसै टिमले आज भन्दा १ वर्ष पहिले बजारमा ल्याएको ‘बोल माया’ बोलको गीतले पनि उत्तिकै दर्शकहरूको मन जित्न सफल भएको थियो । बोल माया जस्तै गलबन्दी लाई पनि दर्शकहरूले माया दिएका छन् । आज भोलि जताततै यही गीत नै गुन्जिरहेको हुन्छ ।
प्रकाश सपूतको शब्द र संगीत रहेको गीतमा प्रकाश सपूत र शान्ति श्री परियारको आवाज रहेको छ । गीतको भिडियोमा बोल माया का मुख्य कलाकार प्रकाश सपूत र अञ्जली अधिकारी फिचर्ड छन् । प्रकाशले गलबन्दी लाई बोल माया को अगाडीको स्टोरी भएको बताएका छन् । अन्ततः यो गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आउन सफल भएको छ । यो समाचार लेखिरहँदा यो गीतलाई युट्युबमा ४८ लाख ६१ हजार ५ सय ९५ ले हेरेका छन् । गीतलाई लगभग २ लाख लाइक मिलेको छ भने ६ हजार डिसलाइक मिलेको छ । गीतमा लगभग १८ हजारले कमेन्ट गरेका छन् । यो निकै नै राम्रो कुरा हो । आजभोली दर्शकले लोकगीतलाई पनि उत्तिकै माया गर्न थालेका छन् । भिडियो हेर्नुहोस्ः