विश्वकप क्रिकेटः बंगलादेशले राख्यो दक्षिण अफ्रिकासामु ३३१ रनको लक्ष्य

-विनय तिम्सिना

इलाम,विश्वकप क्रिकेट अन्तर्गत आज बंगलादेशले दक्षिण अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य राखेको छ । बंगलदेशले ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको हो ।
बंगलादेशका लागि विकेट किफर व्याट्समेन मुश्फिक्यर रहिमले सर्वाधिक ७८ रन बनाए ।

शकिवअल हसनले ७५ रन महमुदुल्हाले नटआउट ४६ रन, सौम्या सरकारले ४२ रन बनाए । दक्षिण अफ्रिकाका लागि इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवाओले समान २/२ विकेट लिए । विश्व स्तरिय बलर कागिसो रवडाले कुनै विकेट लिन सकेनन् ।

टस हारेर फिल्डिङ रोजेको साउथ अफ्रिकालाई बंगलदेशले दिएको ३३१ रनको लक्ष्य पिछा गर्न निकै मुस्किल हुने अनुमान गरिएको छ । दक्षिण अफ्रिकाका लागि अनुभवी व्याट्समेन हासिम अमला चोटका कारण आजको खेलमा छैनन् ।

अफ्रिकाका लागि अमला नहुनु निकै ठूलो क्षति हो । अफ्रिका अनुभवी वलर डेल स्टेनपनि खेलमा नहुँदा वलिङमा पनि मुस्किल बेहोरिरहेको छ । पहिलो खेलमा १०४ रनको हार भुलाउँदै आज व्याटिङको जिक्मा ओपनर डि कक र कप्तान डु प्लेसिसमा रहने छ । उनीहरुले टीकेर खेल्न सके अन्त्यमा मिलर म्याज विनिङ पारी खेल्ने अनुमान लगाउन सकिन्छ ।

खेललाई आफ्नो पक्षमा पर्नको लागि बंगलादेशले राम्रो वलिङ गरेर दक्षिण अफ्रिकाको टप अडरलाई असफल पर्न जरुरी छ । बंगलादेशसँग पनि निकै राम्रा बलरहरु छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार