काठमाडौं ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल मलेसियासँग २ –० गोल अन्तरले पराजित भएको छ ।
नेपाल र मलेसिया पहिलो हाफमा भने गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा मलेसियाले एक गोल गर्यो ।
मलेसियाका मोहम्मद सफावी रशिदले ८१औं मिनेटमा अर्को गोल दिलायो। मलेसियाका शाहरुल मोहम्मद सदले गोल गर्दै मलेसियालाई २–० गोलको अग्रता दिलाएको हो ।
नेपालले अब जुन ६ मा चाइनिज ताइपेसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्नेछ ।