अपडेट : कैलालीमा हावाहुरीबाट एक जनाको मृत्यु, कम्तीमा २५ जना घाइते, अधिकांस बस्ति अन्धकार

धनगढी।

कैलालीमा आज राति आएको भिषण आँधीका कारण एक जनाको मृत्यु भएको छ भने कम्तीमा २५ जना घाइते भएका छन्। हुरीले सयौ घरहरु उडाएको छ।

हुरीकै कारण मोटरसाइकल र टिप्पर ठोक्किदा मोटरसाइकल चालक वीर बहादुर चौधरीको मृत्यु भएको छ।

घाइते सबैको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ। अधिकांस घाइतेहरुको टाउकोमा चोट लागेको र ५ जनाको हातखुट्टा भाँचिएको छ।

धनगढीमा बाटो वरपर सयौको संख्यामा रुख ढलेका छन्। कयौ ठाउमा बाटो अवरुद्ध समेत भएको छ। बाटो अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको र क्षतिको पूर्ण बिवरण आउन अझै समय लाग्ने प्रहरी इन्स्पेक्टर प्रकाश डाँगीले जानकारी दिएका छन्।

त्यस्तै हुरीले सयौको संख्यामा बुजुलीका पोलहरु ढलेका कारण अधिकांस ठाउमा बिधुत अवरुद्ध समेत भएको छ। कयौ बस्तीहरु र घरहरु अन्धकारमा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार