काठमाडौं ।
१. कर्मचारीले दिन नमिल्ने श्रम अनुमति एजेन्टले कसरी दिन्छन् ?
वैदेशिक रोजगारीका लागि अनिवार्य श्रम अनुमति लिन कामदार कार्यरत कम्पनीले नेपालको श्रम कार्यालयमा कामदारको विस्तृत विवरणसहितको मेल पठाउनुपर्छ । भोजपुरका चन्द्रबहादुर दाहाल कार्यारत साउदी अरेबियाको कम्पनीमा अहिले विदा परेकाले उनको श्रम अनुमतिका लागि मेल आएन । करिब एक सातासम्म श्रम कार्यालय धाँउदा पनि कम्पनीले मेल नपठाएको भन्दै श्रम अनुमति पाएनन् ।
२. एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक, दुवैको हाजिर चल्छ !
धनुषा । सामुदायिक विद्यालयमा प्रधानाध्यापक कति जना हुन्छन् ? सरकारको शिक्षा ऐन अनुसार विद्यालयमा एक जना मात्रै प्रधानाध्यापकका रुपमा हुनु पर्ने हो । तर, जुंगाको लडाईका कारण धनुषाको जनक नन्दनी गाँउपालिका–४ खजुर महुवाको ‘केएसएचएसवि’ माध्यामिक विद्यालयमा २ जना प्रधानाध्यापक छन् ।
३. चोरी भएको सुन भेटियो– तर, फिर्ता गर्नका लागि ४ बर्षसम्म सरकारले अनुमति दिएन
काठमाडौं । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको लापरवाहीका कारण नेपालबाट चोरी भएर भारत पुगेको लाखौं मूल्यको सुन भेटिए पनि नेपाल फिर्ता गर्न नसकिएको पाइएको छ । २०७१ सालमा नुवाकोट त्रिशुली स्थित एसएस गहना पसलबाट ७६ तोला सुन चोरी भएको थियो । प्रारम्भिक अनुशन्धानबाटै सुन चोरी गर्ने व्यक्ति पसलकै कालीगढ भारत कोलकत्ता घर भएका गणेश बोहोरा भएको पुष्टी भयो ।
४. विद्यालयमै मदिरा पार्टी गर्दै जनता सुर्दशन माविका शिक्षक
कुश्मा । बुधबार गृह मन्त्रालयले इदको अवसरमा सार्वजनिक बिदा दियो । सबै सरकारी कार्यालयदेखि सामुदायिक विद्यालयहरु समेत बिदा भए । यही मौकामा पर्वत कुश्मा नगरपालिका १२ ठुलीपोखरी स्थित जनता सुर्दशन उच्च माविका शिक्षकहरु भने बिद्याल भित्रै मदिरा पार्टी गरिरहेका भेटिए ।