पत्रकारलाई मेयरको धम्की प्रकरण- महासंघले गठन गर्याे ‘मिसन टोली’

काठमाडाैं ।

पत्रकार महासंघ प्रदेश १ समितिले पत्रकार विराट अनुपममाथि भएकाे दुर्व्यवहारकाे सत्यतथ्य अध्ययन गर्न मिसन टोली गठन गरेको छ । इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी पत्रकारलाई धम्की दिएको घटनाको सत्यतथ्य छानबिन गर्न मिसन टोली गठन गरेको हाे ।

समितिको बिहीबार बसेको बैठकले पत्रकार मोहनकाजी न्यौपानेको संयोजकत्वमा गणेश लम्साल, अमर खड्का र जयकृष्ण यादव सदस्य (सदस्य रहेको मिसन टोली गठन गरेको हो । मिसन टोलीलाई अध्ययनपछि यथार्थ बाहिर ल्याउन जिम्मेवारी दिइएको छ ।

समितिले बैठकपछि जारी गरेको विज्ञप्तिमा इटहरी उपमहानगरपालिकाका प्रमुख चौधरीले समाचार लेखेकै आधारमा पत्रकारहरुलाई दिएको धाकधम्की र दुर्व्यवहार घटनापछि पत्रकार विराट अनुपम(गौतम) विस्थापित हुने अवस्थामा पुगेकोले आवश्यक सुरक्षा र संरक्षणमा राख्ने निर्णय पनि गरेको उल्लेख गरिएको छ ।

टोलीलाई धरानमा पत्रकार महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर राईमाथि कार्यालयमै भएको आक्रमण घटनाको पनि सत्यतथ्य अध्ययन गर्ने जिम्मेवारी दिएको प्रदेश समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबारै महासंघ सुनसरी शाखाले आयोजना गरेको छलफलमा सहभागीले मेयर चौधरीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार