आँचल छाडेर प्रियंकासँग कम्मर मर्काउँदै पल शाह

काठमाडौं ।


प्रियंका कार्की र पल शाह नेपाली चलचित्र क्षेत्रमा व्यस्त कलाकार हुन् । उनीहरुले सयौं म्युजिक भिडियोमा अभिनय गरेका छन् । तर, जोडीका रुपमा भने कमै देखिन्छन् ।

ब्युटि पार्लर बोलको गीतको म्युजिक भिडियोमा पल र प्रियंका जोडीको रुपमा देखिएका छन् । मेलिना राई र ध्रुव बिस्कोको स्वर रहेको गीतको भिडियोमा पल र प्रियंकासँगै सकिना इटानी पनि देखिएकी छिन् ।

सरोज ओलीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई सुदिप बरालले खिचेका हुन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् । दीपक शर्माको संगीत, श्रमिक बरालको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार