काठमाडौं ।
पूर्वराजपरिवारका सदस्य पूर्वयुवराज पारस शाहबाहेक सबै सदस्य थाइल्यान्डको बैंककमा छन् । पारस पनि काठमाडौंका विभिन्न कार्यक्रममा सहभागी भइ नै रहेका छन् ।
उनी, हालै मात्र मोडल भनिएकी सोनिका रोकायाले चलाएको रेष्टुरेन्टमा पुगेको तस्बिरहरू सार्वजनिक भएका छन् । उक्त तस्बिरमा पत्याउनै नसक्ने स्वरूपमा पारस देखा परेका हुन् ।
केही समयअघि उनलाई हृदयघात भएपछि नर्भिक अस्पतालमा राखेर आरामका लागि सुझाव दिइएको थियो । दुब्ला पातला देखिएका पारस रोगबाट तंग्रिएको उक्त कार्यक्रममा प्रस्टै देखिन्थ्यो ।
अर्को, प्राय मदिरामा रमाउने पारसले उक्त कार्यक्रममा भने मदिरा नलिएको प्रस्टै देखियो । उनले खरबुजाको जुस पिएका थिए ।