२२ बर्षीया केटलिन बेनेटले भर्खरै मात्र आफ्नो ग्राजुएशन सकिन् । उनी अमेरिकामा ओहायोको केन्ट स्टेट युनिभर्सिटिमा पढ्थिन् । माथि राखिएको उनको तस्वीर उनकै दीक्षान्त समारोहको हो । त्यही दिन उनलाई डिग्री मिलेको थियो । तर, उनी डिग्री लिन भने अनौठो तरिकाले पुगिन् । केटलिनको काँधमा थियो, एआर–१० सेमी–अटोमेटिक राइफल । हातमा ग्राजुएशनको टोपी थियो ।
जहाँ लेखिएका थियो– ‘आऊ र खोस ।’ उनको यो तस्वीरले अहिले पूरै अमेरिकामा व्यक्तिगत स्वतन्त्रता, छात्र प्रदर्शन र श्वेत विशेषाधिकारलाई लिएर बहस चर्किएको छ । केटलिनले उक्त तस्वीर आफ्नो ट्विटर एकाउण्टमा शेयर गर्दै लेखेकी छिन्– ‘म त्यस युनिभर्सिटिको नीतिको विरोध गर्छु, जहाँ विद्यार्थीहरू, प्रोफेसर र कर्मचारीलाई क्याम्पसमा हतियार ल्याउनबाट रोक्छन् ।’ तर, यही नीतिले ‘पाहुना’लाई स्कुल मैदानमा हतियार ल्याउने अनुमति दिन्छ । तर, बिल्डिङमा भने होइन ।
केटलिनले सन् १९७० को घटना स्मरण गर्दै सरकारले चार निहत्था विद्यार्थीको गोली हानेर हत्या गरेको केन्ट स्टेट त्यही भएको बताएकी छिन् । जब सैनिक र भियतनाम वार प्रदर्शनकारीबीच झडप भयो, त्यतिबेला १३ प्रदर्शनकारी र नजिक उभिएका मान्छेलाई गोली हानिएको थियो । केटलिनको उक्त ट्विटलाई ४ हजार ८ सय पटक रिट्विट गरिएको छ भने १९ हजारले ‘लाइक’ गरेका छन् । यसबारेमा उनलाई मिश्रित प्रतिक्रिया मिलिरहेका छन् ।
Now that I graduated from @KentState, I can finally arm myself on campus. I should have been able to do so as a student- especially since 4 unarmed students were shot and killed by the government on this campus. #CampusCarryNow pic.twitter.com/a91fQH44cq
— Kaitlin Bennett (@KaitMarieox) 13 May 2018
आत्मरक्षा
केटलिनले फेसबुकको एक पोष्टमा आफ्नो रक्षा गर्नु आफ्नो अधिकार भएको बताएकी थिइन् । फेब्रुअरीमा पार्कल्याण्ड हाइस्कुलमा भएको बमबारीपछि कतिपय गन राइट्स कार्यकर्ताले शैक्षिक क्षेत्रमा बन्दुक हिंसा रोक्नका लागि ‘गन फ्रि जोन’ को विचार हटाउनुपर्ने तर्क राखेका छन् ।
यस्तै, कानून पालना गर्ने नागरिकालाई भने हतियार राख्न छुट दिनुपर्ने उनीहरुको भनाइ थियो । केटलिनको एआर–१० राइफल यसकारण पनि चर्चित र विवादित भयो, किनकि यो राइफल एआर–१५ भन्दा बढी शक्तिशाली मानिन्छ । तर, केटलिनका अनुसार यो राइफल आफूलाई सेतो ड्रेस र कालो हिलमा सुहाउने भएर ल्याएकी हुन् ।
सरकारको अत्याचार
केटलिनको पोष्टमाथि यति विवाद सायद यसकारण पनि भयो, किनकि उनले सन् १९७० मा केन्ट स्टेट शुटिङमार्फत जोडेकी थिइन् । यही शुटिङको कारण अमेरिकामा प्रदर्शन पनि भएको थियो । ट्विटरबाट पाएको लोकप्रियतापछि बन्दुक बेच्ने ओहायोको एक कम्पनीले केटलिनलाई जागिरका लागि प्रस्ताव गरेको छ । यद्यपि उनको भनाइमा, उनी केन्ट स्टेट र अन्य स्थानका लागि ‘गन राइट्स’को वकालत गरिरहनेछिन् ।