सत्तारूढ नेकपालाई गाउँ पस्न प्रतिबन्ध

हुम्ला।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नाम्खा गाउँपालिका १ हेप्का गाउँमा प्रवेश नगर्न स्थानीयले चेतावनी दिएका छन् । हुम्ला जिल्ला कमिटीको सिफारिसमा हेप्का गाउँलाई विभेद गरेको भन्दै उनीहरूले एक विज्ञप्ति निकालेर चेतावनी दिएका हुन् ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्रले आफ्ना नातागोतालाई मात्रै सिफारिस गरेको आरोप लगाएका छन् । गाउँमा कमिटी र संगठन गठन गर्न नदिने र अब आउने चुनावमा नेकपालाई हेप्का गाउँ प्रवेश गर्न निषेध गर्ने विज्ञप्तीमा जनाइएको छ ।

जिल्लाको अगुवा नेताहरूलाई कुनै पनि राजनीतिक कार्यक्रम र पार्टीको कार्यक्रम लिएर गाउँ जान रोक लगाएपछि आक्रोश व्यक्त गरे । राजनीतिक रूपले सक्रिय हुँदाहुँदै पनि पनि पूर्वआग्रह गरेको हेप्काबासीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार