मनकामना माताले सबैको कल्याण गरुन,श्रावण १८ गते शनिबार\अगस्ट ०३ तारिखको राशिफल

वि.सं. २०७६ श्रावण १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अगस्ट ०३ तारिख, रिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु. आजको चाडपर्व र उत्सव : वराह जयन्ती, तराइ भेगमा श्रीकृष्णको झूला उत्सव प्रारम्भ. श्रावण शुक्लपक्ष (गुँलाथ्व) तृतीया तिथि, मध्यरात्रीपछि ०१:४४ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, मघा नक्षत्र, बिहान १०:२१ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), वरीयान् योग, दिउँसो ११:३१ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा तैतिल करण दिउँसो ०२:५९ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०१:४४ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२८ बजे, सूर्यास्त : साँझ ०६:५१ बजे, दिनमान : ३३ घडी २८ पला (१३ घण्टा २३ मिनेट, रात्रीमान : २६ घडी ३२ पला (१० घण्टा ३७ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान ०८:४८ देखि १०:२९ सम्म, यमघण्ट : दिउँसो ०१:५० देखि ०३:३० सम्म, गुलिक काल : बिहान ०५:२८ देखि ०७:०८ सम्म, काल वारवेला : बिहान ०५:२८ देखि ०७:०८ सम्म र साँझ ०५:१० देखि ०८:१० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : बिहान ०७:०८ देखि ०८:४८ सम्म, अमृत वारवेला : दिउँसो ०३:३० देखि ०५:१० सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज बुद्धिक्षेत्रमा बलियो चन्द्रमाको उपस्थिति छ । त्यसैले बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । खासगरी विद्यार्थीहरूले रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अध्ययनमा प्रगति हुनेछ । अन्य सबैले समेत आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । गृहस्थीजनले सन्ततिको वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ । भाइबहिनीको क्रियाकलापले सन्तुष्ट भइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुनसक्छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । छात्रछात्राको पढाइलेखाइमा प्रगति हुने समय छ, तर जेसुकै गर्दा हडबड र शीघ्रता गरेमा काम दोहोर्याउनु पर्ने स्थिति पनि आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्नु छ भने केही समय पर्खंदा राम्रो हुनेछ । कडा मिहिनेत र प्रयत्न गर्दा जुनसुकै काम फत्ते गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा पुराना समस्या सुल्झाउने वातावरण बन्नेछ । छात्रछात्राहरूको पठनपाठनमा प्रगति हुनेछ र गृहिणीहरूले परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सक्नेछन्, त्यस्तै व्यवसायीका लागि लेनदेनको कारोबार लाभकारी रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइने समय छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । अरूलाई समेत फाइदा दिलाउन सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । मुखमा चन्द्रमा बसेको दिन छ, बोलीका माध्यमबाट नै काम बनाउन सक्नुहुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज तपाईंको आफ्नै राशिमा चन्द्रमा रहेको छ, तर राशिस्वामी सूर्यको कमजोर फलले गर्दा मिहिनेत गर्दा पनि काम बन्न नसक्दा दिक्क भने लाग्न सक्छ । आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईर्ष्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । सल्लाह र सुझाव दिनेहरू प्रशस्तै भेटिनेछन्, तर आफ्नो सुरमा काम गर्नु राम्रो हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बाह्रौं भावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले धेरै आशावादी नभई लगनशीलता र इमानदारीका साथमा काम गर्न सके उपलब्धी नै हासिल गर्न सकिने दिन छ । आम्दानीका बाटोमा केही असहजता देखिए पनि मिहिनेत गर्दा आजको आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुनसक्छन्, काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ । राशिस्वामी लाभ भावमा रहेकाले कुनै सरकारी वा राज्यपक्षसम्बद्ध काममा सफलता मिल्ने समय आएको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ । लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनसँगको सम्बन्ध आत्मीय बन्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । मान्यजन वा अभिभावकका विचारलाई अनुसरण गरेमा कुनै महत्त्वपूर्ण काम बनाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । भेटघाटले काममा उत्साह बढाउला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । मातापिताको सहानुभूति मिल्नेछ । नवीन रोजगारी वा व्यवसायको प्रयासमा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक/सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । अनुभवीको सल्लाह र सुझाव प्राप्त हुनेछ । व्यवसायिक वा पेसागत जीवनमा साख कायम रहने छ । बन्दव्यापारबाट राम्रै लाभ लिन सकिने छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा पनि उन्नति गर्ने समय छ । प्रतियोगिता वा प्रतिस्पर्धामा सफल भइने छ । मातापितासँगको सम्बन्धमा चिसोपन देखिएको छ भने अब अन्त्य हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । कमजोरीले चिन्ता बढाउन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । यात्राको योग छ, सचेत हुनुपर्छ, बास बस्ने गरी टाढा जानु हुँदैन । काम गर्दा प्रशस्त विघ्नबाधा र चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आठौं भावमा चन्द्रमा रहेकाले जुनसुकै काममा र यात्राका क्रममा होस राखेको जाति हुन्छ । भित्री अङ्गमा कुनै रोगव्याधि देखिन सक्छ वा विश्वास गरेको व्यक्तिले घात गर्ने परिस्थिति बन्नसक्छ, होस राख्नुपर्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मनोरञ्जन केन्द्रित दिन हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहनेछ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । साझेदारी र पार्टनरसिपको कामबाट फाइदा हुनेछ । छात्रछात्राका लागि नयाँ ज्ञान सिक्ने मौका त देखिन्छ, तर रामरमाइलोमा भुलिनाले लक्ष्य र उद्देश्य प्रभावित बन्ने डर हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छैंटौं घरमा रहेको चन्द्रमाको मिश्रित फल प्राप्त हुने दिन छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइनेछ, उपहार प्राप्त हुनेछ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । शत्रु र प्रतिस्पर्धीले चलखेल बढाए पनि डराउनु पर्दैन । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ, जे गरे पनि आत्मबल र हिम्मतका साथमा गरेको जाति हुन्छ । खुट्टा तान्ने र कुरा काट्नेहरू सक्रिय देखिन्छन्, त्यसैले हरेक क्रियाकलापमा गोपनीयता अपनाउनु जाति हुनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार