– कृष्ण प्रसाद काेइराला
नेपालीहरूले हर्षोल्लासका साथ मनाउने महान् चाड दशैँ शक्ति उपासनाको महत्त्वपूर्ण पर्व हो ।
देवीभागवतमा बताइएका चार नवरात्रमध्ये शरद ऋतुमा पर्ने भएकाले यसलाई शारदीय नवरात्र, सामान्य जनजिब्रोको बोलीमा दशैँ र नेवारी परम्परामा मोहिनी नखः अर्थात् मख्ख पार्ने चाड आदि नामले सम्बोधित गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीपर्यन्त दुर्गा भवानीको पूजा–आराधना गर्ने र दशमीको दिनमा शास्त्रीय विधान अनुसार दुर्गा विसर्जन गरी सनातनी धर्मावलम्बीले वर्षभरिको अत्यन्त ठूलो चाडका रूपमा लिई मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरी आश्विन शुक्ल कोजाग्रत पूर्णिमासम्म मनाउने परम्परा छ ।