काठमाडौँ ।
पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खलामा आयोजक ओमानबिरुद्ध नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल मात्र ११ ओभरमा अलआउट हुन पुग्यो ।
नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो ।
आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।
ओमानका लागि अमिर कालिमले ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए ।
हालसम्म तीन खेल खेलेको नेपालले २ मा जीत र एकमा हारको सामना गरेको छ । हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्डसँग पराजित हुन पुगेको थियो ।