प्रेसरको समस्या देखिएपछि महरालाई नर्भिक अस्पताल पु-याइयो

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा अस्पताल भर्ना भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार प्रेसरको समस्या देखिएपछि नियमित चेकअपका लागि महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

संसद सचिवालयका महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो । महरासँग पारिवारिक सम्बन्धमा रहेकी रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरीसमेत दिइसकेकी छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार