एजेन्सी ।
बेल्जियम युरो कप, २०२० का लागि छनोट भएको छ ।
बिहिबार राति भएको खेलमा सान मारिनोलाई ९–० गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपमा छनोट हुने पहिलो देश बनेको हो ।
शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुल्यो । सान मारिनो अझै अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।
बेल्जियमले तेस्रो स्थानको साईप्रससँग ११ अंकको अग्रता लिन सफल भएको हो । बेल्जियमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो । जसमा रोमेलु लुकाकुले दुई, दुई आत्मघाति र नसर चदली र युरी टाइलेमेनले एक एक गोल गरेका थिए ।
दोस्रो हाफपछि क्रिस्टियन बेनटेक, यारी भर्सेर्केन र टिमोथी केस्टनटले गोल गरेका थिए । लुकाकुले बेल्जियमका लागि ५१ गोल गरे ।