सीकाे स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडाैं|

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार संघीय सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले आइतबार बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो । सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो।
चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइपुग्दैहुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार