कास्की, पोखरा।
सडक बालबालिकको सहयोगार्थ “किन म ” को च्यारिटी शो पोखरामा हुने भएको छ।
“किन म ” संग्राम तामाङको निर्देशनमा आशिस लामा , बिमाल राई , महेश थापा द्वारा निर्माण गरिएको हो। मिस तामाङ पोखराकी संयोजक समेत रहेकी जयन्ती मोक्तान तामाङ अभिनित नेपाली कथानक चलचित्र “किन म ?” सडक बालबालिकाहरुको शिक्षाको सहयोगार्थ यही आउदो कार्तिक २ गते शनिबारको दिन विहान ९:३० बजे
मिडटाउन ग्यालेरीया सभागृह पोखरामा च्यारिटी शो हुदैछ ।
सडक बालबालिकाहरुको शिक्षाको लागी गरिने उक्त कार्यक्रममा पोखराका सबै समाज सेवी तथा अग्रज व्याक्तिहरुको साथ र सहयोग पाउने छौ कार्यक्रमको आयोजकले बताउनु भयो।