गर्भवती महिलाले के के कुरामा ध्यान दिने ?

आमा बन्नु हरेक महिलाको जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । गर्भावस्थामा महिलाले आफ्नो शरीरको एकदमै ख्याल राख्नुपर्दछ । महिलाको मात्र लागि नभई पेटमा भएको बच्चाको लागि पनि महिलाले विशेष ध्यान दिनुपर्छ । यसका लागि केही कुराहरु बारे यहाँ चर्चा गर्दैछौं ।

– समयमा खाना खानुपर्छ । निश्चित समयलाई तोकेर खाना खाने गर्नुपर्छ । हरेक तीन घण्टामा केही खानुपर्छ ।

– गर्भावस्थामा धुम्रपान तथा मद्यपान सेवन गर्नुहँदैन ।

– धेरै चिया तथा कफी पिउनुहुँदैन ।

– खुल्ला तथा बाहिरको खाना नखाने ।

– यदि शरीरमा बढि नै थकान महसुस भएमा डाक्टरसँग सम्पर्क राख्ने ।

– धेरै काम गर्नुहुन्न । पर्याप्त मात्रामा निदाउनुपर्छ ।

– थोरै–थोरै गर्दै व्यायाम गर्ने ।

–धेरै यात्रा नगर्ने ।

– पहिलो १२ हप्तामा प्रोटीन, भिटामीन तथा मिनरल लिने ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार