ग्रीसलाई २-० ले पराजित गर्दै इटाली बन्याे समूहविजेता

एजेन्सी ।

सन् २०२० युरोकप छनोटका लागि जारी खेलमा समूह जीबाट इटाली छानिएको छ ।
गएराति भएको खेलमा इटालीले ग्रीसलाई २-० ले पराजित गर्दै युरोकपमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोली दोश्रो हाफमा आक्रामक प्रदर्शनमा उत्रिएका थिए ।

खेलको ६३ औं मिनेटमा इटालीका जोर्गिन्होले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा बेर्नाडेस्चीले गोल गर्दै दोहोरो अग्रता बनाए र जीत सुनिश्चित हुन पुग्यो । २१ अंक पाएको इटाली जीतसँगै सन् २०२०को युरोकपका लागि छानिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार