लिस्बन ।
नेपाली जनसम्पर्क समिति पोर्चुगलले कोजाग्रत पूर्णिमाको अवसर पारेर लिस्बोनमा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आमन्त्रण गरिएका अतिथिहरुलाई समितिका कार्यबाहक अध्यक्ष अगमसिंह तामाङ सहितका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
दशैं, तिहार, नेपाल सम्वत, छठ लगायत चाडको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका समितिका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले प्रवासमा रहेका सबै कांग्रेसहरु एक हुनुपर्ने र गुट उपगुट भन्दा पनि पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।
चियापान कार्यक्रममा बीपीको मेलमिलापको बाटो छाड्न नहुने कुरामा जोड दिईएको थियो। विसं २०३३ सालमा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
नेपाली जनसम्पर्क समिति पोर्चुगलले कोजाग्रत पूर्णिमाको दिन हरेक वर्ष चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ ।