काठमाडौँ ।
२६ वर्ष काम गरेको त्रिभुवन शिक्षण अस्पतालबाट बिदा भएको भोलिपल्ट प्राध्यापक डाक्टर गोविन्द केसी दोलखा जिल्लाको चरिकोट पुगेका छन् । मंगलबार बिहानै काठमाडौँबाट सार्वजनिक बस चढेर उनी दोलखा जिल्ला अस्पताल पुगेका हुन् ।
६३ वर्षे उमेर हदको कारण डा. केसीले शिक्षण अस्पतालबाट सोमबार मात्र अवकाश पाएका थिए । सोमबार नै अस्पतालको क्वार्टर छाडेका उनी केही औषधि साथमा लिएर दोलखा पुगेका हुन् ।‘केही दिन जिल्लाहरुको अस्पताल घुमौँ भनेर आएको हुँ’ डाक्टर केसीले भने, ‘केही दिन अरु जिल्लाको अस्पताल पनि पुग्छु। कहाँ कहिले जाने कुनै योजना छैन ।’