भोला लामिछाने, यूरोप |
गैर आवासीय नेपाली संघको नवौ महाधिवेशनबाट यूरोप क्षेत्रको उप- संयोजकमा स्पेनका मुक्त गुरूड बिजयी भएका छन् । ७ जनाको प्रतिस्पर्धामा गुरूडले ३६९ मत प्राप्त गरि पहिला बनेका हुन् ।
३ पदका लागी भएको निर्वाचनमा गुरूड सहीत कृष्णप्रसाद तिमिल्सिना र शुक्रराज न्यौपाने पनि युरोप क्षेत्रीय उपसंयोजक पदमा बिजयी भएका छन् । तिमिल्सिनाले ३५७ मत र न्यौपानेले २८३ मत प्राप्त गरेका छन् ।
एनआरएनको स्थापना कालदेखी विभिन्न तह र पदमा बसी स्पेनमा सक्रिय रहेका गुरूड स्पेनवासी गैर आवासीय नेपालीहरूमाझ परिचित छन् । एनआरएन स्पेनको अध्यक्ष , केन्द्रीय आई सी सी सदस्य हुदै गुरूड १९-२१ कार्यकालको लागी यूरोप क्षेत्रीय उपसंयोजक बनेका हुन् । उनलाई यतीबेला एनआरएनहरूले बधाई तथा शुभकामना दिईरहेका छन् ।