नेपाली नारी समाज पोर्चुगलद्वारा तिहार,छठ पर्ब,नेपाल संबत र ल्होसारको शूभकामना आदान प्रदान कार्यक्रम सम्पन्न !

-पुनम गौतम
लिस्वन।

नेपाली नारी समाज पोर्तुगलले नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ दिपावली, नेपाल संबत ११४०, छठ र ल्होसार पर्वको शुभकामना आदानप्रदान तथा बृहत् नारी भेला कार्यक्रम सम्पन्न गरेको छ । पोर्तुगलको राजधानी लिस्वन स्थित आन्जुसमा भएको कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने नेपाली दिदिबहिनीहरुलाई परेका समस्या र समाधानका बिषयमा छलफलको लागी राखिएको बृहत् भेलामा उपस्थित दिदीबहिनीहरुले आ–आफ्नो समस्या राखेका थिए ।

कार्यक्रममा उपस्थित भइ आफ्ना समस्या राख्ने दिदिबहिनीको समस्या समाधान गर्न सधैव लागिपर्ने समाजकी अध्यक्ष जयकला राईले विश्वास दिलाउनुभयो । विभिन्न क्षेत्र र संस्थामा आवद्ध महिलाहरुको उपस्थिति रहेको कार्यक्रममा महिलाहरुले स्वदेशमा जस्तै विदेशमा पनि महिलाद्धारा नै महिलाको खुट्टा तान्ने प्रवृति हावी रहेको बताएका थिए । विदेशमा आफ्नो काम गरेर रहेको समय राम्ररी सदुपयोग गर्न आग्रह गर्दै उनीहरुले नेपाली समुदायमा अझै पनि महिलाहरु पछाडी रहेको बताएका छन् ।

महिलाहरुको क्षमता अभिवृद्धिका लागि लामो समयदेखि विभिन्न सिपमुलक कार्यक्रमहरु गर्दै आएको समाजले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि २ हप्ते ब्युटिपार्लर तालिम दिने जनाएको छ । पार्लर महिलाहरुको लागी सजिलो र राम्रो कामको अवसर भएको र आफूले आर्जन गरेको सीप जहां पुगे पनि कामलाग्ने भएको हुदां यसवर्ष पनि ब्युटिपार्लर सम्बन्धि तालिम दिईने समाजकी संस्थापक अध्यक्ष सिता बरालले जानकारी दिनुभयो । आन्जुसमा रहेको कान्छी फेशन एण्ड व्युटिको सहकार्यमा तालिम दिईने समाजले जनाएको छ । तालिममा नेल आर्ट सम्बन्धि विशेष कोर्ष सहित प्याकेजमा प्रशिक्षण दिईने कान्छी फेशन एण्ड व्युटिकी प्रोप्राईटर लक्ष्मी परियारले जानकारी दिनुभयो । नेपाली नारी समाज पोर्तुगलकी अध्यक्ष जयकला राईको अध्यक्षतामा भएको कार्यक्रम कार्यवहाक महासचिव पुनम गौतमले सञ्चालन गर्नुभएको थियो । भने उपाध्यक्ष मिनामाया खरेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार