धनगढी ।
मिस फारवेस्ट नेपाल २०१९ प्रतियोगिताको दोश्रो संस्करणको उपाधी प्रतियोगि नम्बर पाँच कंचनपुरकी शितल खड्काले हात पारेकी छिन् । खड्कालाई मिस फारवेष्ट नेपाल २०१८ की विजेता मोनिका गुरुङ्गले ताज पहिराइकी थिईन् ।
बुधबार अबेर राती धनगढीको शुभश्री प्यालेसमा भएको फाईनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धिहरुलाई उछिन्दै खड्काले उपाधी हात पारेकी हुन् । उपाधी संगै खड्काले दुई लाख बरावर स्कुटर प्राप्त गरेकि छिन् । त्यस्तै फस्र्ट रनर अपको उपाधी डडेल्धुराकी कोहिनुर मल्लले हात पारिन उनले ५० हजार नगद प्राप्त गरिन भने सेकेण्ड रनरअपमा कैलालीकी स्मारिका बम छानिईन उनले २५ हजार रुपैया प्राप्त गरिन ।
रोयल कोराबोरेटिम्भ प्रा।ली धनगढीले आयोजना गरेको मिस फारवेष्ट नेपाल २०१९ को मुख्य निर्णायकमा हिडेन ट्रेजरका सिईओ गोपाललाल सुन्दर कक्षपति रहेका थिए भने अन्य निर्णायकहरुमा मिस नेपाल २०१३ की इसानी श्रेष्ठ, नायिका याना शर्मा र फिल्म निर्माता सरोज न्यौपाने रहेका थिए ।
रोयल कोराबोरेटिम्भ प्रा.ली का अध्यक्ष गजेन्द्र विक्रम शाहीले सुदूरपश्चिममा रहेका प्रतिभाहरुलाई स्थान दिनका लागि २०१८ बाट मिस फारवेष्ट नेपालको आयोजना गरेको बताए । उनले यो प्रतियोगिताले ‘भिजिट नेपाल वर्ष २०२०’ लाई समेत टेवा पुग्ने बताए ।