काठमाडौं|
आइएमइ नेपाल लोकस्टार सिजन-१को विजेता रोल्पाका १७ वर्षीय शनि विश्वकर्माले जितेका छन्। उनले ५० लाख नगद पुरस्कार र २५ लाख बराबरको सिटिजन्स बीमा पाएका छन्।यस्तै नेपाल लोकस्टार सिजन-१को फर्स्ट रनर अप चेतन गोतामे भएका छन्। स्याङ्जाका गोतामेले २५ लाख बराबरको नगद र १५ लाख बराबरको जीवन बीमा पाएका छन्।
यस्तै उदयपुरका बिनोद दनुवा आइएमइ नेपाल लोकस्टार सिजन-१को सेकेण्ड रनरअप भएका छन्। उनले १० लाख नगद र १५ लाख बराबरकै सिटिजन्स जीवन बीमा पाएका छन्।यसअघि आइएमइ नेपाल लोकस्टारको उत्कृष्ट चारमा शनि विश्वकर्मा,राम कुमार नेपाली, चेतन गोतामे र बिनोद दनुवार प्रवेश गरेका थिए।पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जितेका छन् ।