वीरगञ्ज ।
वीरगञ्जको नेशनल मेडिकल कलेजका विद्यार्थीहरुले आफ्नै कलेज व्यवस्थापनबाट असुरक्षित रहेको गुनासो गरेका छन् । एमबीबीएस अध्ययनका लागि नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको कलेजले सरकारको निर्देशन अनुसार फिर्ता नगरेपछि आन्दोलिन भएका बिद्यार्थीलाई मध्यरातमा होस्टलमा बाहिरका व्यक्ति लगाएर धम्क्याएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई गुहार मागेका छन् ।
सरकारले तोकेको भन्दा बढी अशुलेको शुल्क फिर्ताको मागेकै कारण बिहीबार दिउँसो कलेज परिसरमै कुटिएका विद्यार्थीहरूलाई कलेज व्यवस्थापनले राति फेरि त्रास देखाएको बताएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार धम्की दिने ४ जना व्यक्तिको नाम बिद्यार्थीले दिएका र उनीहरुका बारेमा सोधखोज भइरहेको बताए ।
होस्टलका बिद्यार्थीलाई नेशनल मेडिकल कलेजकै सञ्चालक बसुरुद्धीन अन्सारीले धम्क्याएको अडियो हामीलाई प्राप्त भएको छ । उक्त अडियो बिद्यार्थीले आँफूहरु असुरक्षित रहेको भन्दै हातपात गर्ने तथा धम्की दिनेमाथि कारवाही होस् भन्दै अनुरोध गर्दा अन्सारीले उल्टो तिमीहरु भाग भन्दै थर्काइरहेका छन् ।