यसरी घट्छ पेटको बोसो

काठमाडौं ।

पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।यस्तो पेटको बोसो घटाउनका लागि यस्तो खानेकुराको जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरीलाई बर्न गर्न सकोस् ।
यस्तो छन् सजिलो तरिकाहरुः
१. ग्रिन–टी– ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ, जसले पेटको बोसो घटाउन मद्दत गर्छ । चिनी विनाको ग्रिन–टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत पनि गर्छ । साथै ग्रिन–टीमा कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा पाइन्छ ।

२. काँक्रो– पेटको लागि काँक्रो लाभदायी मानिन्छ । बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानु उपर्युक्त मानिन्छ । काँक्रो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ । यसले पेटको झाडुको काम पनि गर्छ । जसको कारण बिस्तारै पेटको बोसो कम हुँदै जान्छ ।

३. अदुवाको रस– नियमित एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । अदुवाले शरीरको बोसोलाई समेत बर्न गर्न सघाउँछ ।

४. धनियाँको जुस– धनियाँको जुसमा क्यालोरी निकै कम पाइन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठीक राख्न समेत मद्दत गर्छ ।
५. एलोभेरा जुस– एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी मानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार