कमल थापा , आल्बुफेरा।
ईक्वेडरिन सोसाइटि द्वारा आयोजित अल्गार्भ कप फुटबलमा ईक्वेडर २ का बिरुद्ध ८ गोल गर्दै नेपाल प्रथम भएको छ। पोर्चुगलको अल्गार्भमा सम्पन्न भएको सो खेलमा आल्बुफेरामा बस्ने नेपालीहरुको नेपाली फुटबल टिम बिजयी भएको हो ।
विभिन्न ४ टिमबीच सम्पन्न सो फुटबल कप लिग कम नकआउट प्रणालीमा खेलाईएको थियो। लिग कम नकआउटका चारै खेलमा नेपली टिम बिजयी हुँदै उपाधि हात पार्न सफल भएको हो। उपाधी जितेसंगै नेपाली फुटबल टिमले शिल्ड मेडल तथा पुरस्कारराशी ७ सय युरो प्राप्त गरेकोछ।
बधाई छ , आल्बुफेरा नेपाली फुटबल टिम लाई !