बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणमा आउने

काठमाडौं ।

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद् यही कार्तिमा भित्रै नेपालको भ्रमणमा आउने भएका छन् । परराष्ट्र स्रोतका अनुसार राष्ट्रपति हमिदले यही महिनाको २५ देखि २८ सम्म नेपालको भ्रमण गर्न सक्ने देखिएकाे छ । तरपति मितिमा तलमाथि हुनसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भर्खरै अजरबैजानको बाकुमा आयोजना सम्पन्न भएको असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग छुट्टै भेटवार्ता गरेका थिए ।

सोही भेटका क्रममा राष्ट्रपति हमिदको नेपाल भ्रमणबारेमा पछि छलफल भएको थियो । राष्ट्रपति हमिदको भ्रमण निश्चित भईसकेको तर दुबै देशका परराष्ट्र मन्त्रीस्तरीय वा सचिवस्तरीय बैठकपछि मात्रै भ्रमणकाे मितिले आधिकारिकता पाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार