बेलायती प्रधानमन्त्री जोन्सनले चाँडो चुनाव गर्नका लागि फेरि प्रयास गर्ने

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चाँडो चुनाव गर्नका लागि लागि स्वीकृति लिन फेरि प्रयास गर्ने तयारी थालेका छन् । आउँदो डिसेम्बर १२ मा चुनाव गर्ने प्रधानमन्त्री जोन्सनको प्रस्ताव बेलायती संसदमा सोमबार तेस्रो पटक अस्वीकृत भएको छ ।

यसअघि उनले चुनावका लागि स्वीकृति लिने दुई प्रयास पनि असफल भएका थिए । तर लगातार तीन प्रयास असफल भए पनि प्रधानमन्त्री जोन्सनले चुनावको आफ्नो योजना भन्ने छोड्न सकेका छैनन् । यसका लागि उनले फेरि संसदमा चुनाव सम्बन्धी प्रस्ताव लैजाने तयारी थालेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री जोन्सनले डिसेम्बर १२ मा चुनाव गर्नका लागि मार्ग प्रसस्त गर्ने गरी संसदमा विधेयक ल्याउने तयारी थालेका हुन् । सो विधेयक पास हुनका लागि सामान्य बहुमत भए पुग्छ, यसअघिको जस्तो दुई तिहाई बहुमत चाहिँदैन । तर सामान्य बहुमतका लागि पनि विपक्षी पार्टीबाट पनि मत भने चाहिन्छ ।प्रधानमन्त्री जोन्सनले संसद बेकार अर्थात काम लाग्ने अवस्थाको नरहेको आरोप लगाएका छन् । विपक्षीले भने प्रधानमन्त्री जोन्सनमाथि विश्वास गर्न सकिने अवस्था नरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार