बलात्कारको आरोप लागेका आरआर क्याम्पसका स्ववियू सह-सचिव राई बर्खास्त

काठमाडौँ ।

१८ बर्षीय किशोरीलाइ करणी गरेको अभियोग लागेका अनेरास्ववियूका नेता तथा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) का स्ववियू सहसचिव इन्द्रहाङ राईलाई बर्खास्त गरिएको छ ।

रत्न राज्य लक्ष्मी क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार विज्ञप्ति निकालेर हिजोकै मितिदेखि लागू हुनेगरी बर्खास्त गरिएको जानकारी दिएका छन् ।उनले आगामी दिनहरुमा स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइनेसमेत निर्णय भएको बिज्ञप्ति मार्फत बताएका छन् ।संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राईलाई मंगलबार बिहान महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।पीडित किशोरीकले सोमबार राती काम छ भन्दै बोलाएर गोकणेश्वर स्थित साथिको कोठामा लगेर राईले आफुलाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकी छिन् ।

पीडित किशोरी गएराति नै सम्पर्कमा आएको र त्यस लगत्तै प्रहरीले ती किशोरीलाई उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार