सूर्यलाई बिहानै अर्घ्य दिएर छठ सम्पन्न

काठमाडौँ।

विशेष गरी तराई–मधेसमा निष्ठा पूर्वक मनाइने छठ पर्व आइतबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै समपन्न भएको छ।

चार दिनसम्म मनाइने छठ पर्वको आइतबार चौथो दिन बिहान जनकपुरधामसहित देशभरि नै उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । शनिबार बेलुका अस्ताउँदो सूर्यलाई विशेष पूजा गरी अर्घ्य दिएका व्रतालुहरुले आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन् ।

छठ पर्व बिहीबारदेखि सुरु भएको थियो । छठको पहिलो दिन बिहीवार नहाई खाई, दोस्रो दिन शुक्रबार खरना मनाइएको थियो भने छठ पर्वको मुल दिन शनिबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको थियो, जसलाई सँझिया अर्घ्य भनिन्छ ।

र आइतबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि तराई मधेसको सबैभन्दा ठूलो पर्व सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार