विवाह तयारीमा अभिनेत्री ऋचा

काठमाडौं |

अभिनेत्री ऋचा शर्मा विवाहको तयारीमा रहेको खुलासा भएको छ। केही समय अघिदेखि यसै वर्ष विवाह गर्ने बताउँदै आएकी ऋचाको विवाह हुने पक्का भएको हो।

नेपाली फिल्मनगरीमा यतिबेला ऋचाको ‘ब्याचलर’ पार्टीको चर्चा चुलिएको छ। यसकारणले पनि उनी चाँडै नै वैवाहिक जीवनमा बाँधिन लागेको अड्कल काटिएको हो।‘ब्याचलर’ पार्टी विवाह अगाडि विवाहको तयारीमा रहेका बेहुला/पुरुषका लागि साथीहरूले आयोजना गर्ने पार्टी हो। तर, ऋचाको विवाहपूर्व उनका साथीहरूले ‘ब्याचलर’ पार्टी आयोजना गरिदिएका छन्।

प्राप्त खबर अनुसार ऋचाका लागि उक्त पार्टी पोखरामा आयोजना गरिएको थियो। जहाँ, अन्य अभिनेत्रीहरू केकी अधिकारी, प्रियंका कार्की र फेसन डिजाइनर सिवांगी प्रधान उपस्थित थिए।

यता ऋचाले भने कहिले र कोसँग बिहे गर्न लागेको खुलाएकी छैनन्। तर, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भने उनी लामोसमयदेखि दिपेक्ष राणासँग सम्बन्धमा रहेको र उनैसँग विवाह गर्ने तयारीमा रहेको चर्चा छ। राणा लबिम मल ललितपुरका म्यानेजरसमेत हुन्। विवाह मितिका सम्बन्धमा भने चाँडै नै खुलासा गर्ने ऋचाको तयारी छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार