‘कलेजमा ज्यानकै खतरा’ : मेडिकल कलेजविरुद्ध विद्यार्थीहरुले शुरु गरे राजधानीमा आन्दोलन

काठमाडौं । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले तत्काल शुल्क फिर्ता र समायोजन गराउन माग गरेका छन् ।

मंगलबार माइतीघर मन्डलामा प्रदर्शन गर्दै उनीहरुले शुल्क फिर्ता गरी पढ्न पाउने अधिकार सुनिश्चित गर्न माग राखेका हुन् ।युनिभर्सल मेडिकल कलेज भैरहवा, नेसनल मेडिकल कलेज वीरगन्ज, गन्डकी मेडिकल कलेज पोखरा र चितवन मेडिकल कलेजका विद्यार्थीहरुले काठमाडौंकेन्द्रित आन्दोलन थालेका हुन् ।

विद्यार्थीहरुले आफूहरु कलेजमा निकै असुरक्षित बनेको गुनासोसमेत गरेका छन् ।कलेजमा आफूहरुको ज्यानमाथि नै खतरा रहेको र कलेज जाने वातावरणसमेत नभएपछि बाध्य भएर काठमाडौं आउनुपरेको पनि उनीहरुले बताएका छन् ।आन्दोलनका संयोजक प्रकाश चन्दले शुल्क बढी लिएको विरोधमा लामो समयदेखि आन्दोलन भइरहँदा पनि सरकारले बेवास्ता गरेको बताए ।

‘नेपालमा कानुन छ भने दोषीहरुलाई कारबाही गर्न’समेत उनले आग्रह गरे ।मेडिकल कलेजहरुले खुलेआमरुपमा सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको स्वीकार्दासमेत सरकार रमिते बनेर बसेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार