पोर्चुगल : ३ बर्षमा ३ हजार बाल यौन दुर्व्यवहार अपराध

लिस्बन।

पोर्चुगलको न्याय मन्त्रालयको तथ्यांकले सन् २०१६ – २०१८ को बिचमा २७५० बालबालिका यौन दुर्व्यवहारको शिकार भएको देखाएको छ। सोही समयमा बाल दुर्व्यवहारका ५००० भन्दा बढी मुद्दा दायर गरिएको छ।

विगत तिन बर्षमा मात्रै करिब ३००० बाल यौन दुर्व्यवहार अपराध भएको तथ्यांकले देखाउछ। सन् २०१९ मा मात्रै पनि सयौ बालबालिकाहरुले सरकारी निकायहरुसंग सहयोग मागेको तथ्यांक छ, यद्यपी रेकर्ड गरिएका सबै केसहरुको टुंगो नालागीसकेकोले यकिन तथ्यांक बाहिर आउन सकेको छैन। बिशेष गरी बाल यौन दुर्व्यवहारका घटना घरमा नै घट्ने गरेको तथ्यांकमा उल्लेख छ।

१८ नोभेम्बरलै यौन शोषण र यौन दुर्व्यवहार बिरूद्ध बच्चाहरूको संरक्षणका लागि यूरोपियन दिवसको रुपमा मनाइएदै आईरहेको छ, जुन यूरोप काउन्सिलले प्रत्येक ५ बच्चामा एक बच्चा हिंसा वा यौन शोषणको पीडित हुन्छ भनेर सम्झना गराउँछ। ।

पोर्चुगल सरकारको न्याय मन्त्रालयको तथ्यांकले देखाउँदछ कि गत तीन वर्षमा मात्रै पोर्चुगलमा २७५० भन्दा बढी बाल यौन अपराधहरु अधिकारीहरूले रेकर्ड गरेका थिए जसमा न्यायिक प्रहरीमा ५००० भन्दा बढी मुद्दा दायर गरिएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार