प्रधानमन्त्री ओलीको दाबी : कालापानीबाट विदेशी फौज हटाउछौँ

कामाडौँ।

नेपालले भूभाग भारतले हालै जारी गरेको नयाँ नक्सामा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूभूग अलिकति पनि नछोड्ने बताएका छन् ।
नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए।ओलीले आफ्नो भूभाग फिर्ता लिने र कालापानीबाट विदेशी फौजलाई पनि हटाउँने दाबी गरे ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला ओलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत दावी गरे ।अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको प्रष्ट पारे।
प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए।तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार