जर्मनी |
एनआरएन जर्मनी, प्रवासी नेपाली एकता मन्च जर्मनी, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीको संयुक्त आयोजनामा भारतले नेपाल माथी गरेको सीमा अतिक्रमणको बिरुद्धमा फ्रयान्कफर्टको भारतीय वाणिज्यदूतावास अगाडी विरोध प्रदर्शन भएको छ । उक्त विरोध प्रदर्शनमा जर्मनीका बिभिन्न शहरबाट नेपालीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । सो कार्यक्रमको संचालन प्रवासी नेपाली एकता मन्च, जर्मनीका महासचिव सागर पोख्रेलले गरेका थिए भने बक्ताहरुमा क्रमश: नेपाली जनप्रगतिशील मोर्चा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, प्रवासी नेपाली एकता मन्च, जर्मनीका संयोजक चन्द्रकान्त आचार्य, एनआरएनए जर्मनीका अध्यक्ष हरी न्यौपाने र एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्त थिए । कार्यक्रममा इनास ग्लोबलका अध्यक्ष कमला दाहाल, गोर्खा समाज जर्मनीका अध्यक्ष बासु अर्याल, चौतारी समाज जर्मनीका अध्यक्ष कृष्ण प्रशाद गौतम लगायतको उपस्थिती रहेको थियो ।
बक्ताहरु सबैले भारतले नेपाल माथि गरेको सिमा अतिक्रमण, सबैखाले भारतीय ज्यादतीको बिरोध र असमान सन्धी सम्झौताहरुको खारेजीको माग गर्दै कडा शब्द भ्रत्सर्ना गरेका थिए । साथै नेपाल सरकारले यो बिषयलाई गम्भीरतापूर्वक लिदै आवश्यक कुटनैतीक पहलद्वारा समाधान गर्न खबरदारी र अनुरोध गरिएको थियो ।
भारतले नेपाल माथि गरेको अन्यायपूर्ण सीमा अतिक्रमणको विरोधमा आयोजित कार्यक्रममा वाणिज्यदूतावास भवन अगाडि ‘नेपाली एकता जिन्दावाद, ब्याक अफ इन्डिया, गो ब्याक इन्डिया, भारतीय हस्तक्षेप बन्द गर, भारतीय सेना फिर्ता गर, लिम्पियाधुरा लिपुलेक कालापानी हाम्रो हो’ जस्ता राष्ट्रवादी नारा लगाइएको थियो ।
ज्ञापनपत्र बाचन गर्ने क्रममा महासचिब सापकोटाले भरतीय हस्तक्षेप रोक्नका लागी नेपाली दलाल हरुसंग पहिलो लडाईं लड्नु पर्ने कुरा राख्नु भयो। उहांले थप्नु भयो भारतीय तलब खाने नापी शाखाका कर्मचारिले बनाऊने नक्सा र भारतकै दलाली गर्ने नेपाल सरकारले भारत संग संघर्ष गर्ला भन्ने बिश्वास लाग्दैन।तैपनी हामिले दबाब दिन छोड्नु हुंदैन भन्दै उक्त भाबको ज्ञापन पत्र पढेपछी उपस्थीत सबैको सहमती पछि ज्ञापन पत्र दुताबासमा बुझाईएको थियो ।उक्त ज्ञापन पत्र हस्तांतरण गर्ने क्रममा NRN केन्द्रीय अध्यक्ष्य कुमार पन्तको पनि सहभगिता रहेको थियो ।
बिरोध ज्ञापन पत्रको नेपाली संस्करण एलसिसी बायार्न संयोजक खड्क न्यौपाने र अंग्रेजी संस्करण नेपाली जनप्रगतिशील मोर्चा यूरोपका महासचिव डा सुबर्ण बाबु सापकोटाले बाचन गरिसके लगत्तै ज्ञापन पत्र भारतीय वाणिज्यदूतावासमा बुझाईएको थियो । अन्तमा कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी तथा स्थानीय सुरुक्षाकर्मीहरुलाई धन्यवाद ब्यक्त गर्दै बिरोध कार्यक्रम समापन भएको थियो ।