एभरेष्ट एकेडेमी अत्तरीयाले “राष्ट्रिय विद्यालयस्तरिय बाल नाटक महोत्सव २०७६” काठमाडौंमा सुदुर पश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै नाटक मञ्चन गर्ने भएको छ । मञ्चन हुने नाटक समाजिक कुरिती छाउपडी प्रथामा आधारित “कठै १ तिन मास्टर” रहेको छ । राष्ट्रिय नाटक महोत्सवमा नाटक मञ्चन मन्चन गर्न एभरेष्ट एकेडेमीको टोली काठमाडौँ प्रस्थान गरेको छ।
“कठै १ तिन मास्टर” नाटक बाल साहित्यकार विजय राज आचार्य हुन् । यस नाटकको निर्देशन पुष्पराज अवस्थी हुने । निर्देशक अवस्थी नेपाल टेलिभिजनमा प्रसारण हुने सिरियल “जीवन चक्र”का सहायक निर्देशक पनि हुन् ।
यस नाटकका कलाकारहरुमा आशिका पण्डित, सन्तु भट्टराई, आस्था भट्ट, प्राञ्जल गुरागाँई, हेमन्त भट्ट, नेहा सिंह, करन थापा र सुदिप जोशी रहेका छन् । नाटक यही मंसीर ११ गते कुञ्ज थिएटर, बानेश्वर, काठमाडौंमा हुनेछ तथा महोत्सव मंसीर ११ देखि १३ गरि तीन दिन सम्म चल्नेछ । यस महोत्सवका आयोजकहरु एशियन एकेडेमी फर पिस रिसर्च एण्ड डेभलपमेन्ट, बानेश्वर तथा स्कुल थिएटर नेपाल, बानेश्वर रहेका छन् ।