लिस्बन, पोर्चुगल।
पोर्चुगलको राजधानी लिस्बननै आइतवार बिहान २१ बर्षीय युवतीको अपरहण भएको खबर छ। लिस्बनको क्याम्पो दि अरिक क्षेत्रबाट युवतीको अपहरण गरिएको थियो ।
लिस्बन महानगरीय प्रहरीका अनुसार अपहरणमा परेकी युवतीलाई रिहाईका लागि ३० हजार युरो फिरौती रकम मागिएको भएतापनि प्रहरीले फिरौती बिना नै ति युवतीलाई शकुसल रिहाई गर्न सफल भएको छ। अपहरणबाट मुक्त भएकी युवतीलाई प्रहरीले उनको परिवारको जिम्मा लगाएको छ।
अपहरणकारीले युवतीलाई अपरहण गरी गाडीमा लगेर ट्रंकमा बन्धक बनाएर राखेको थियो। प्रहरीले अपहरणकारीको बारेमा अनुसन्धान गरिरहेको छ।