कुनै पनि रियालिटी शोमा निर्णायकको अधिकार आम दर्शकलाई सुम्पे पछि प्रतिष्पर्धीको गायन क्षमताले मात्र पक्कै पुग्दैन । उनको आर्थिक अवस्थाका कारण पनि उनि सो प्रतिष्पर्धामा अगाडि बड्छन वा बढ्दैनन भन्ने बुझ्न सकिन्छ । पछिल्लो समय भ्वाईस अफ नेपाल संगीत उधोगमा सपना देख्नेहरुको लागि मिठो ओछ्यान बन्न पुगेको छर्लंगै छ । हजारौ प्रतिष्पर्धीहरुलाई उछिन्दै यतिबेला फाइनलको चरण पुग्ने लागेको छ । यसमा पनि कोचको अधिकार दर्शकलाई सुम्पेपछि अर्थात भोटिङ्ग प्रक्रिया सुरु भएपछी आशा लागेका र बर्षौ देखी संगीत उधोगमै लागिपरेका प्रतिष्पर्धीहरुले पनि घर फर्किन बाध्य देखिन्छ ।
यसअर्थमा पनि आर्थिक भारले थिचेकाहरुलाई भोटिङ्गमा अघि बढ्न हम्मे-हम्मे पर्छ भन्ने बुझ्न सकिन्छ । अन्तराष्ट्रिय फ़्रेञ्चाईजको रुपमा रहेको भ्वाईसको दोश्रो सिजनमा यतिबेला ४ कोचका ८ प्रतिष्पर्धीहरु संगीतको मैदानमा भिडन्त गरिरहेका छन् । कोच प्रमोदको टिमबाट मेचु धिमाल र राम लिम्बु, कोच आस्थाको टिमबाट आरिफ रौफ र याङ्की ह्योल्मो, कोच दिपको टिमबाट विकाश लिम्बु र सञ्जय महत, टिम राजुबाट सनिष श्रेष्ठ र गीता शर्मा यतिबेला प्रतिष्पर्धामा छन् । अहिले उनीहरुलाई भोटिङ्ग प्रक्रिया जारि छ भने आज शुक्रबार र भोलि सनिबारको एपिसोडबाट हरेक टिमबाट १ /१ जनाले भ्वाईस अफ नेपालको मंचको यात्रा टुङ्ग्याउदै घर फर्किदै छन् भने बाकि ४ प्रतिष्पर्धी फाइनल चरणमा पुग्दै उपाधिका लागि महा-भिडन्त गर्नेछन ।
भोटिङ्गका कारण आईरहेको अपत्यारिलो रिजल्टका कारण आज र भोलिको एपिसोडले पनि धेरै दर्शकलाई निरास बनाउछ कि भन्ने प्रश्न खडा भएको छ । हुन त सबै एक से एक नै छन् तर रियालिटी शोमा चलिआएको परम्परा भोटिङ्गले धेरै नै उथलपुथल बनाउन सक्छ । त्यसैले पनि फाईनलमा यहि प्रतिष्पर्धीहरु नै पुग्छन भनेर ठोकुवा गर्ने अवस्था निक्कै कम छ । भोटिङ्गका लागि ४ कोचबाट जम्मा १२ जना छनौट भएका थिए । जसमध्ये भोटिङ्गका कारण आउट हुने प्रतिष्पर्धी टिम आस्थाबाट सशिका राईले ‘साहना सक्दिन म’ बोलको गीत गएकी थिइन् । त्यस्तै टिम राजुको अन्जु राना मगरले आउट हुदाको एपिसोडमा ‘मेरी आमा’ बोलको गीत गएकी थिइन् ।
यता टिम दिपका रजनी रिदम राईले आउट हुदाको एपिसोडमा ‘मन किन रुन्छ’ बोलको गीत गएकी थिइन भने टिम प्रमोदको बलबहादुर राजबंशीले आउट हुदा भ्वाईस अफ नेपालको मंचमा ‘असारे महिनामा’ बोलको गीत गाएका थिए । शोको पहिलो अडिसन ‘डिजिटल अडिशन’ मा दुई हजार दुई सय सहभागी भएका थिए । जसबाट ११० प्रतिस्पर्धी छनोट भएका थिए भने ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा जम्मा १२ हजार सहभागी भएका थिए । ‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ भने विजेताले २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् । अब यो अवसर कसले प्राप्त गर्नेछ भन्ने कुरा भने ब्यग्र प्रतिक्षाको बिषय बनेको छ ।