उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नियोकको अपिल

काठमाडौं।

राष्ट्रिय निर्वाचन परीवेक्षण समिति (नियोक) उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न अपिल गरेको छ।नियोकले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित अवस्थामा सम्पन्न गर्न सरोकारवालालाई अपिल गरेको हो ।

शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १(क) र दाङमा ३ (ख)मा उपचुनावको मतदान हुँदै छ |यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा र फाल्गुनन्द गाउँपालिकामा प्रमुख र खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि उपचुनाव हुँदै छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार