काठमाडौं ।
चर्चित हास्यकलाकार मनोज गजुरेल पूर्वका विभिन्न कारागार (जेल) भ्रमणमा छन् । प्रदेश १ सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको ‘कारागार हास्यव्यङ्ग्य शिविर’ का लागि उनी जेल पुगेका हुन् ।आज देखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानमा रहेका कारागारमा आयोजना गरिँदै छ ।
उक्त कार्यक्रम अन्तर्गत जेलजीवन बिताइरहेका कैदीहरुको मानवअधिकारका विषयमा तालिम दिइनेछ । सँगै उनीहरुको खानपान, जीवनशैली, मनोरञ्जनलगायतलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रशिक्षण दिन लागीएको छ ।कार्यक्रममा जेल जीवन बिताएर फर्किएपछि आफ्नो समाजप्रति उनीहरुको दायित्व र जिम्मेवारीका विषयमा समेत प्रशिक्षण दिइने छ । महिला कैदी र पुरुष कैदीलाई छुट्टाछुट्टै स्थानमा तालिमको व्यवस्ता मिलाइएको छ ।