नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाले बम पड्काएर चुनाव जितेको आरोप लगाएका छन् । आज सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भीमबहादुर तामाङको सातौँ स्मृति सभामा बोल्दै देउवाले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले सत्ताको दुरुपयोग र बम पड्काएर चुनाव जितेको आरोप लगाए ।
सभामा बोल्दै उनले भने “पोखरामा कांग्रेसको बाहुल्यता भएको ठाउँमा बम पड्काए मतदाता भड्काए । कांग्रेसले जित्ने ठाउँमा मतदाता त्रसित गराएर नेकपाले चुनाव जित्यो” । उपनिर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले यसमा प्रहरी प्रशासनले समेत सरकार पक्षका उम्मेद्वारलाई सहयोग गरेको दाबी गरे ।
प्रहरी प्रशासन समेत निस्पक्ष नभएको भन्दै धाँधली भएका स्थानहरुमा छानबिन गरिरहेको बताए । उनले प्रतिकूल वातावरणमा पनि भक्तपुर, दाङ र धरानमा राम्रो मतपरिणाम आएको बताए । यता आजै कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्त विश्वप्रकाश शर्माले कास्कीमा नेकपाले सहानुभुतिको मत मत पाएको र उपनिर्वाचनको मतपरिणामले कांग्रेसलाई भने आत्मबल दिएको अभिव्यक्ति दिएका छन् ।