नेपाल वायुसेवा निगमले नारितामा जनवरीदेखि उडान शुरु गर्ने

काठमाडौं ।

नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरीदेखि जापानको नारितामा उडान शुरु गर्ने तयारीमा छ ।

निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईवटा उडान गरिरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा निमगको नारितामा विमान सेवा सञ्चालन गर्ने योजना अनिश्चित बनेको थियो ।

निगमले अहिले जापान सिभिल एभिएशन ब्युरोअन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेको समाचार आजको आर्थिक अभियानमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार