एनआरएनए पोर्चुगलको चरम लापरवाही : नेपालकै राष्ट्रिय झण्डा उल्टो प्रदर्शन गर्दै भारतीय दुतावास अगाडी “गो ब्याक इण्डिया” को नारा ( भिडियो सहित् )

लिस्बन।

गैर आवासीय नेपाली संघ पोर्चुगलको अगुवाईमा पोर्चुगलमा रहेका नेपालीहरुले भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरोधमा आज लिस्वनमा प्रदर्शन गरे । संघले गरेको आव्हानमा पोर्चुगलमा रहेका अधिकाँस संघसंस्थाहरुले ऐक्यबद्धता जनाए।

देशका सिमा रक्षाका खातीर गरिएको भारतीय बिस्तारबाद बिरुद्धको बिरोध कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न नेपाली संघ संगठनका नेताहरु र राजनीतिका आडमा बनेका सामाजिक अभियन्ताहरुले आफ्नै देशको राष्ट्रिय झण्डालाई उल्टो प्रदर्शन गर्दै ” गो ब्याक इण्डिया ” को नारा लगाए। लगभग सयको संख्यामा जम्मा भएका नेता, सामाजिक अभियन्ता र सर्वसाधारण नेपालीहरु कसैले पनि नेपालकै राष्ट्रिय झण्डा उल्टो प्रदर्शन गरेको पत्तै पाएनन्।

गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले एक सार्वजनिक बिज्ञप्ती जारी गर्दै यही बिरोध कार्यक्रमको अगुवाई गरेका थिए। आफ्नै देशको राष्ट्रिय झण्डालाई बिदेशी भुमिमा उल्टो प्रदर्शन गर्दै राष्ट्रप्रेमको नारा लागाउने नेता जी को यो के पारा हो ? नाम र सम्मानका लागि मात्रै दगुरिने र कार्यक्रमको यथेष्ट पुर्वतयारी र कार्यक्रमस्थलमा सावधानी नगर्दा पटक पटक संघले एकपछि अर्को गल्ती गर्दै गएको छ।

संघले गर्ने हरेक कार्यक्रममा हदैसम्मको लापरवाही हुने गरेको र सम्मानका लागि मात्रै कार्यक्रम हुने र नामकै पछाडी दगुरिने प्रबृत्ति नसच्चिए भबिष्यमा पनि कयौ दुर्घटनाहरु हुने संकेत देखिन्छ।

कार्यक्रममा दूतावास मार्फत भारत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहे पनि नेपालीहरुलाई दुतावासभित्र जान नै दिएन र दूतावासले ज्ञापन पत्र बुझ्नै मानेन ।ज्ञापनपत्र बुझ्न नमानेपछि हुलाक मार्फत दूतावासलाई पठाईने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार