शुरु भयो सुदुरपश्चिमको मौलिक पर्व “भुँवा”

सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोश्रो ठुलो खेल (नाँच) भुँवा दीपायल–सिलगढी नगरपालिका–५, बागठाटा गाउँमा सुरु भएको हो । भुँवा खेल सातासम्म खेलिने वडाअध्यक्ष मदन भण्डारीले बताए । उनका अनुसार परापुर्व कालदेखी अर्थात डोटी राजाका पाला देखी उक्त भुवाँखेल (नाँच) खेल्न सुरु गरिएको हो ।

कम्तिमा पनि ५ किसिमका बाजाका तालमा ७ देखी ८ वटा सम्म उक्त भुँवा खेल (नाँच) खेल्ने गरिन्छ । परापूर्ब कालका राजाका पालामा राजाका सैनिकले तालिम स्वरुप खेल्ने तथा युद्ध मैदानमा दुस्मन सँङ्ग कसरी लड्ने र बिजयी हासिल गर्ने भन्ने कला उक्त नाँचमा देखाईने गरेको दिपायलका स्थानियबासी तथा काग्रेस नेता बिजय खड्काले बताउनुभयो । “पुरानो युद्ध कला र त्यसको जर्गेना गर्ने उदेश्यले यो नाच खेलिन्छ,” उहाँले भन्नुभयो, “युद्धमा आफु कसरी आफुबच्ने र दुस्मन लाई कसरी पराजित गर्ने भन्ने बारे सिकाईने भएकाले खेलको रौनक्ता नै अर्कै हुन्छ ।”

हात हातमा नाङ्गो तरवार बोकी खेलाडी हरुले पुरानो राजाको पालाको पोशाक पहिरिई पक्ति बद्ध तरिकाले यो भुँवा खेल (नाँच) खेल्ने गर्दछन् । बिजया दशमीको दिन जिल्ला सदरमुकाम सिलगढीको कालढुँङ्गा भन्ने ठाउमा उराउ बाजा बजाएपछि यो खेलको सुरु हुने भएपनि यहाँका स्थानियले मङसिरको तेश्रो सातामा मात्र आएर उक्त खेलको सुरुवात गर्ने गरेको अर्का स्थानिय दीपकबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उराउ बाजा बजाएपछि खेल हुने बारे निस्चित हुन्छ तर स्थानियबासीको फुर्सद अर्थात खेती पातीको काम सकिएपछि मात्रै यो खेल सुचारु हुन्छ ।” पाँच दिन सम्म लगातार खेल्ने उक्त भुँवा खेल डोटी लगायत यहाँका पहाडी जिल्ला बाजुरा,अछाम तथा बझाङमा समेत खेल्ने गरिन्छ । दिनमा नाङ्गो तरवारले भुँवा खेल्ने तथा रातीको समयमा सुदूरपश्चिमेली डेउडा तथा परापूर्व कालका राजा रजौटाका बारेमा डेउडा खेल खेल्ने चलन रहेको स्थानियबासीहरु बताउछन् ।

पाँच दिनको अबधीमा डोटीको प्रशिद्ध देबी शैलेस्वरी,जिल्ला प्रशासन कार्यालय तथा पुर्वराणाकालिन दरबार डोटी गौँडमा समेत यो खेल (नाँच) देखाई छैटौ दिनमा कालढुङ्गामा नै गएर यो खेलको बिर्सजन हुने गरेको दिपायलका अर्का स्थानिय गणेश भण्डारीले बताउनुभयो । यो खेलमा सबै भन्दा महत्वपुर्ण तथा रोचक मानिने ‘घाँ’ नाँच हो ।

जुन खेलमा दुई जना खेलाडीले हातमा नाङ्गो तरवार समाती नाँच्दा नाँच्दै एक अर्कालाई हिर्काउने र आफुलाई तरवार बाट बचाउन छेक्ने गर्दछन् । भुँवा डेउडामा सबै खेलाडी सामेल हुने भएपनि ‘घाँ’ खेलमा भने सबैलाई समाबेस गरिदैन् । यो खेलमा चोट पटक लाग्न सक्ने भएकाले ‘घाँ’ खेल खेल्नमा पोख्त भएकाहरु लाई मात्रै खेलमा खेल्न दिने नियम रहेको ‘घाँ’ खेलमा पोख्त मानिएका स्थानियबासी डम्बरबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “‘घाँ’ खेल अलि खतरनाक भएकाले हामी सबैलाइ उक्त खेलमा समावेस गर्दैनौँ,पोख्त भएका र युवालाई खेल्न दिन्छौँ ।” डोटीमा हुने भाँवा नाच हेर्न छिमेकी जिल्ला डडेल्धुरा तथा डोटीका ग्रामिण क्षेत्रका स्थानियहरु पनि आउने गदर्छन् । जिल्ला बाहिर तथा ग्रामिण क्षेबाट खेल हेर्न आउनेका कारण उक्त खेल झन रोचक तथा रमाइलो हुने गरेको स्थानियबासीहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार