हाँसोले करोडौं मूल्यको खुशी मिल्छ, हाँस्ने बानी बसाउनुहोस् !

हास्नु मानिसको प्राकृतिक स्वभाव हो । हास्न कुनै मुल्य लाग्दैन, बरु यसले करौडौं मुल्यको खुशी भने अवश्य दिन सक्छ ।हासोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हास्नु, रुञ्चे हासो हास्नु, अट्टहासले हास्नु हासोका विभिन्न प्रकारहरु हुन् ।मानिसको अनुहारमा हासोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुसी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि मानिसहरु हास्ने गर्दछन् ।

हास्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो ।
हासोका फाइदा

१. फुर्सदको बेला हास्ने मानिसको स्वास्थ्यमा यसले निकै लाभ गर्दछ ।
२. हास्ने मानिसको मस्तिष्कमा सकारात्मक असर परी नकारात्मक भाव कम हुन्छ ।
३. हास्दा श्वासप्रश्वास तथा मांसपेशी क्रियाशील भई यसले शारीरीक रुपमा तन्दुरुसती बनाउँछ ।
४. हास्नाले अंगप्रत्यंग खुम्चने र फुक्ने गर्दछन् यसले हर्मोन रिलिज भई अक्सिजन प्रवाह हुन्छ ।

५. हास्दा फोक्सोमा रहेका विकार कार्बनडाइअक्साइड बनि बाहिर निस्कन्छ र शरीर निरोगि हुन्छ ।
६. हास्ने मानिसको शरीरमा क्याटाबोलिक सक्रिय भई मुटुको धड्कन नर्मल हुन्छ ।
७. हास्दा शरीरको रक्तसञ्चार प्रणली उत्तेजित हुने तथा मांसपेशी बलियो बन्ने गर्दछ ।
८. हास्ने मानिसमा तनाव कम हुन्छ । तनाव कम हुने मानिसको आयु लामो हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार