संसद बैठकमै गल्फ्रेण्डलाई प्रपोज

एजेन्सी ।

सामान्यतया संसद भन्नाले जनताको प्रतिनिधिले जनताको विषय उठान गर्ने ठाउँका रुपमा लिइन्छ । तर, इटालीका एक सांसदले संसद बैठकमै गर्लफ्रेण्डलाई प्रपोज गरेका छन् ।

कहिलेकाहीँ सांसदहरूले संसदमा बोल्दा केवल जनताको कुरा मात्र होइन, आफ्नै घरजमका कुरा पनि गर्दा रहेछन् । हो, हालै एकजना सांसदले संसदमा बोल्दै आफ्नी गर्लफ्रेण्डलाई बिहेको प्रस्ताव गरे । सांसदले संसदभित्रै गर्लफ्रेण्डलाई प्रपोज गरेको यो घटना इटालीको हो । संसदमा बहस चलिरहेकै बेला आफूले बोल्ने क्रममा ती सांसदले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताव गरेका हुन् । उनकी प्रेमिका संसदको दर्शकदीर्घामा बसेकी थिइन् ।

यो घटना गत बिहीबारको हो । संसदमै गर्लफ्रेण्डलाई प्रपोज गर्ने ती सांसदको नाम फ्लेवियो डी मुरो हो भने उनकी प्रेमिकाको नाम एलिसा डी लिओ हो । संसदमै आफ्नो प्रेमीले बिहेको प्रस्ताव गरेपछि आश्चर्य चकित हुँदै एलिसाले उक्त प्रस्ताव स्वीकारेकी छन् । त्यसपछि अन्य सांसदहरूले फ्लेवियोलाई बधाइ दिए । तर संसद् चलिरहेको बेला प्रेमिकालाई प्रस्ताव गर्ने सांसदको यस्तो कार्य संसदको मर्यादाविपरित थियो ।

सभामुख रोबर्टो फिकोले सांसद् फ्लेवियोले संसदभित्रै गर्लफ्रेण्डलाई प्रपोज गर्ने कार्य अनुचित तथा नियमविपरीत रहेको बताए । रोचक त के भने संसदमा भूकम्पपछिको पुनर्निर्माणको विषयमा बहस चलिरहेको बेला ती सांसदले प्रेमिकालाई प्रस्ताव राखेका थिए । गम्भीर विषयमा बहस चलिरहेको बेला आफ्नो व्यक्तिगत तथा संसद् भवनभित्रको मर्यादाविपरीतको कार्य गरेकोमा सभामुखले ती सांसदको ध्यानाकर्षण पनि गराए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार